Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनी प्रदेशको तराईका जिल्लामा कुहिरो, भैरहवा विमानस्थको उडान प्रभावित

लुम्बिनी प्रदेशको तराईका जिल्लामा कुहिरो, भैरहवा विमानस्थको उडान प्रभावित

images
  • लुम्बिनी प्रदेशको तराईका जिल्लामा कुहिरो, भैरहवा विमानस्थको उडान प्रभावित
    images
    images

    भैरहवा । लुम्बिनी प्रदेशको तराईका जिल्लामा हुस्सु–कुहिरो लागेको छ । हुस्सु-कुहिरोका कारण हवाई सेवा समेत प्रभावित भएको छ । हुस्सु–कुहिरोले नेपालगञ्ज र भैरहवाको भिजिबिलिटी कमजोर हुँदा हवाई सेवा प्रभावित भएको हो । दृष्यताको हिसाबले सबैभन्दा धेरै भैरहवा प्रभावित भएको छ ।

    images
    images
    images

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको तथ्यांकमा भैरहवाको भिजिबिलिटी १ सय मिटर मात्रै छ ।

    images
    images
    images

    यस्तै कैलालीको धनगढी र धनुषाको जनकपुरमा ५०० मिटरसम्म भिजिबिलिटी छ । मोरङको विराटनगरमा १ हजार, बाँकेको नेपालगञ्जमा १ हजार २ सय र काठमाडौंमा ६ हजार मिटरसम्म भिजिबिलिटी छ । दिउँसोपख हुस्सु कुहिरो क्रमश: घट्दै जाने मौसमविद महर्जन बताउँछिन् ।

    images
    images
    images

     

    मौसमविदहरुका अनुसार दृष्यता एक किलोमिटरभन्दा बढी भएमा हुस्सु र कम भएमा कुहिरो भनिन्छ । यसको अर्थ हुस्सुभन्दा कुहिरो बाक्लो हुन्छ । हुस्सु–कुहिरोले घामका किरण छेक्ने र जमिन तात्न समय लाग्ने भएकाले जाडो महसुस हुने गर्दछ ।

    आज बिहान ५:४५ मा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ । धनगढीको तापक्रम भने हिजोको तुलनामा खासै घटबढ भएको छैन ।

    धनगढीमा हिजो दिउँसो पौने तीन बजेसम्म पनि भिजिबिलिटी १५ सय मिटर मात्र थियो । सोमबार बेलुकादेखि नै धनगढीमा हुस्सु लगेर हवाई यात्रा प्रभावित भएको थियो ।

    हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । तर आज राति र भोलि पश्चिम नेपालमा हल्का बादल लाग्ने सम्भावना छ । तर पानी पर्ने सम्भावना भने नरहेको मौसमविद महर्जनले जानकारी दिइन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भैरहवा विमानस्थल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।