Logo

२०८३, आश्विन ९गते


images
images

हजारौँ स्वास्थ्यकर्मीको शिर उच्च पार्ने गुल्मीकी स्वयंसेविका लिला थापा

हजारौँ स्वास्थ्यकर्मीको शिर उच्च पार्ने गुल्मीकी स्वयंसेविका लिला थापा

images
  • सेतोमसी सहकर्मी
  • हजारौँ  स्वास्थ्यकर्मीको शिर उच्च पार्ने गुल्मीकी स्वयंसेविका लिला थापा
    images
    images

    कृष्ण अन्जान, गुल्मी । देशैभरिका महिला स्वास्थ स्वयंसेविकाका लागि यतिबेला गुल्मीकि लिला थापाले स्वाभिमानले शिर उच्च गर्ने बाताबरण बनाई दिएकि छिन्।
        
        
    त्यसाे त ग्रामीण क्षेत्रमा खटिने महिला स्वास्थ्य स्वयँसेविकाहरुकाे सामुदायिक स्तरमा स्वास्थ्य सचेतनासँगै सरकारकाे राष्ट्रिय स्वास्थ्य नितिकाे पहुँचबाट बन्चित रहेका अाम नागरिकसम्म न्युनतम अाधारभुत स्वास्थ सेवा पुर्याउन ठुलै हात छ ।
      received_459453379107236.jpeg   
        
    नि:स्वार्थ रुपमा समुदायकाे जनस्वास्थका लागि खटिने महिला स्वयंसेविकाका लागि  गएकाे शुक्रवार गुल्मी दरबार गाउँपालिका वडा नं. ३ कि महिला स्वास्थ्य स्वयँसेविका लिला थापाले देखाएकाे सदासयता अनुकरणिय बन्न पुग्याे ।

    images
    images
    images


    गुल्मी दरबार गाउँपालिका वडा नं. ३ काे धारापानीकि ८० वर्षे हजुरअामालाई बिकट बाटाेमा बाेकेर ल्याउनु र खाेप लगाएर बाेकेरै घर पुर्याउनु एउटा चानचुने कुरा होइन । एक सम्मानित जेष्ठ नागरिकलाई एक्लै बोकेरै खोप लगाउन लैजाने र घरसम्म पुर्याउने जुन काम लिला थापाले मानवियताकाे त्यो सामान्य जिम्मेवारी भन्दा निकैमाथिको कार्य हो  । मानवीयताको यो भन्दा उच्च रुप सायदै कल्पना गर्न सकिन्छ ।
        
        
    त्यसैपनि ग्रामीण क्षेत्रमा खटिने महिला स्वास्थ्य स्वयँसेविकाहरु स्वभावैले सहयाेगि हुन्छन नै र त्यसैमाथि असि वर्षे अामालाई बाेकेरै खाेपका लागि स्वास्थ सँस्थामा पुर्याएपछि उनी यतिबेला सामजिक सन्जालमा भाईरल भएकि छन ।
        
        
    अाफुले सामाजिक सन्जालमा भाईरल हुनका लागि याे काम नगरेकाे, एउटि बृद्द अामा घरबाट हिँड्न नसक्ने, परिवारका सदस्यहरु घरमा नभएकाे  र काेभिडकाे याे अवस्थामा बृद्द अामा देवकला टण्डनप्रति आफुले उत्तरदायित्व मात्र निभाएकि हुँ सेताेमसीसँग कुरा गर्दै लिला थापाले भनिन् ।

    images
    images
    images


    असी वर्षे अामा देवलका टण्डनलाई काेभिड खाेपका लागि घरबाट करिब बीस मिनेट बाेकेर महिला स्वयँसेविका थापाले अाफ्नाे घर राजा ल्याईन । अनि उनका श्रीमानले स्कुटरमा खाेप केन्द्र पुर्याएर खाेप लगाएर ल्याए र फेरी बीस मिनटकाे बाटाे बाेकेरै लिला थापाले उनकै घर पुर्याईन ।
       
        
    लिला थापा २०७१ साल देखि गुल्मी दरबार गाउँपालिका वडा न ३ कि महिला स्वास्थ स्वयंसेविकाकाे रुपमा कार्यरत छन । ग्रामीण क्षेत्रमा स्वास्थ सेवाकाे पहुँच बृद्धि गर्नुका साथै समुदायम स्वास्थ सम्बन्धि परम्परागत धारणामा परिवर्तन ल्याउँदै सकारात्मक परिवर्तन ल्याउने उद्देश्य हाे ।
       
       
    उनी मात्र महिला स्वास्थ्य स्वयँसेविका मात्र हाेईनन् सकृय सामाजिक कार्यकर्ता सँगै कृयाशिल राजनौेतिककर्मी समेत हुन्।

    images
    images
    images


    मुख्यतया महिला स्वास्थ स्वयँसेविका जनताका लागि अाधारभुत स्वास्थ अावस्यकताकाे परिपुरण सँगै जन्मदर नवशिशु र बाल मृत्युुदर र मातृ मृत्युुदर कम गर्ने कुरामा सफल देखिन्छन् ।
       
       
    २०६० सालमा परिवर्तित महिला स्वास्थ स्वयंसेविका कार्यक्रम कार्यन्वयन रणनीति अनुसार प्रत्येक वडामा एक जना र जनसंख्याकाे अाधारमा तराईमा एक हजार जनामा एक, मध्य पहाडि भागमा ३सय ५० जनामा एक र उच्च पहाडी भागमा २ सय जनामा एक जना महिला स्वास्थ स्वयँसेविकाकाे व्यवस्था सरकारले गरेकाे छ ।


    यसैगरि महानगर पालिका र उपमहानगरपालिकाे हकमा पन्ध्र सय जनामा १ जना र नगरपालिकामा एकहजार जना बराबरमा एक जनाका दरले महिला स्वास्थ स्वयँसेविका कृयाशिल रहेकाे छन ।


    काेभिड सँक्रमणकाे पछिल्लो अवस्थामा महिला स्वास्थ स्वयँसेविका सबैभन्दा अग्रपँक्तिमा खटेर काम गरेकाे पाईयकाे छ ।  गाउँमा बाहिरबाट अाउनेहरुकाे तथ्यांक सँकलन, काेभिड सचेतना, खाेपका लागि समुदायमा सुचना सँगै स्वास्थ सामाग्री मास्क सेनिटाईजर लगायतकाे प्रयाेगबारे महिला स्वयँसेविकाले सबैभन्दा अगाडि रहेर काम गरेका मात्र छैनन् । काेभिड नियन्त्रणमा सहयाेगी सावित भएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # गुल्मी
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।