Logo

२०८३, श्रावण ३०गते


images
images

रवि लामिछाने रिहा

रवि लामिछाने रिहा

images
  • रवि लामिछाने रिहा
    images
    images

    भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामछिाने धरौटीमा रिहा भएका छन् । शुक्रबार साँझ भैरहवा पुगेका लामिछाने जिल्ला अदालत रुपन्देहीमा प्रकृया पुर्याएर रिहा भएका हुन् । 

    images
    images
    images

    रिहा भएपछि लामिछानेले न्यायको लडाई जारी रहेको बताउदै आफुले धेरै कुरा भन्न बाँकी रहेको र आउने दिनमा बताउने उल्लेख गरेका छन् । 

    images
    images
    images

    अदालत बाहिर लामिछानेलाई सयौं रास्वपा कार्यकर्ताले स्वागत गरेका  छन् । लामिछाने आजै चितवन जाने बताइएको छ । यसअघि भैरहवाको मौसम खराब भएका कारण लामिछाने भरतपुरसम्म जहाजमा र त्यसपछि गाडीमा भैरहवा पुगेका थिए ।

    images
    images
    images

    रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका  लामिछानेलाई बिहीबार उच्च अदालतले सर्तहरूसहित धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछानेले यसअघिनै अदालतमा पेश गरेको २ करोड ७४ लाख ८४ हजार बिगो बापतको बैंक जमानत (ग्यारेन्टी) र एक करोड थप धरौटी राखेर रिहा भएका हुन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।