देवदह । ग्रेट फ्यूउचर किड्स मन्टेश्वरी देवदहमा ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित क्षमताको प्रस्फोटन गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले गायन, नृत्य र क्यारीकेचर प्रस्तुत गरेका थिए ।
४८ जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा कक्षा एलकेजीका प्रिसा पाण्डे प्रथम, कक्षा यूकेजीका न्यान्स क्षेत्री द्धितीय, श्रेया डुम्रे तृतीय र रोनिसा न्यौपानेले सान्त्वना स्थान हासिल गरेका छन् । बिष्णु प्रसाद भुर्तेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology