Logo

२०८३, आश्विन १०गते


images
images

बुधबार रातिदेखि मौसम बदली हुने, केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना 

बुधबार रातिदेखि मौसम बदली हुने, केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना 

images
  • बुधबार रातिदेखि मौसम बदली हुने, केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना 
    images
    images

    काठमाडौँ । बुधबार रातिदेखि नेपालको मौसममा पश्चिमी न्यूनचापीय प्रणाली भित्रिने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त प्रणालीको प्रभावले केही दिन मौसममा आंशिकदेखि पूर्ण बदली रहने भएको छ ।

    images
    images
    images


    महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा वाग्मती , मधेश प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहने, शुक्रबार देशैभरी सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिक देखि सामान्य बदली रहने देखिन्छ।

    images
    images
    images

    यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाववाट जोगिन आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ । बिहीबार पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पहाड र तराई केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

    images
    images
    images

    शुक्रबार भने देशका पहाडी तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ 

    शनिबार मुलुकका केही स्थानमा हिमपात र वर्षा भए पनि आइतबारदेखि यो मौसम प्रणाली कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार आउने महाशाखाले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।