Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

बंगलादेशमा हिन्दू युवाको हत्याको आरोपमा सात जना पक्राउ

बंगलादेशमा हिन्दू युवाको हत्याको आरोपमा सात जना पक्राउ

images
  • बंगलादेशमा हिन्दू युवाको हत्याको आरोपमा सात जना पक्राउ
    images
    images

    काठमाडौँ ।  बंगलादेशको मयमनसिंह जिल्लाको वालुका क्षेत्रमा २७ वर्षीय हिन्दू युवा दिपु चन्द्र दासको हत्याको घटनामा संलग्न सात जना पक्राउ परेका छन् । 

    images
    images
    images

    अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले यस जघन्य घटनामा संलग्न सात जना अभियुक्तलाई र्‍यापिड एक्सन बटालियनले पक्राउ गरेको जानकारी दिएका छन् । 

    images
    images
    images

    युनुसले सरकार कानून व्यवस्था कायम राख्न र अपराधीहरूलाई न्यायको कठघरामा ल्याउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउदै कुनै पनि प्रकारको साम्प्रदायिक हिंसा नसहने बताएका छन् ।

    images
    images
    images

    युनुसले यो घटना मानवताविरुद्धको अपराध मात्र नभएर सामाजिक सद्भावलाई कमजोर पार्ने प्रयास पनि भएको बताएका छन् । उनले कानून अन्तर्गत अपराधीहरू विरुद्ध कडा कारबाही गरिने र पीडित परिवारलाई न्याय दिइने आश्वासन दिएका छन् ।

    बंगला ट्रिब्यून समाचार पोर्टलको रिपोर्ट अनुसार, मयमनसिंह शहरमा बिहीबार दिपु चन्द्र दास नामक एक हिन्दू व्यक्तिलाई कुटपिट गरी हत्या गरिएको थियो । हत्यापछि भीडले उनको शरीरमा आगो लगाइदिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बंगलादेश
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।