Logo

२०८३, श्रावण ३०गते


images
images

दशौँ देवदह महोत्सव : विद्यार्थीलक्षित कार्यक्रमबारे शिक्षकसंग अन्तरक्रिया

दशौँ देवदह महोत्सव : विद्यार्थीलक्षित कार्यक्रमबारे शिक्षकसंग अन्तरक्रिया

images
  • दशौँ देवदह महोत्सव : विद्यार्थीलक्षित कार्यक्रमबारे शिक्षकसंग अन्तरक्रिया
    images
    images

    देवदह । दशौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सवको तयारीका क्रममा आयोजक र विद्यालयका प्रतिनिधी बीच अन्तरक्रियात्मक बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी शिक्षकहरूले महोत्सवमा हुने विद्यालय स्तरीय कार्यक्रम बारेको चासो राखेका थिए । 

    images
    images
    images

    बैठकमा बोल्दै आयोजक संस्था उद्योग व्यापार संघ देवदहका अध्यक्ष तथा मेला संयोजक गणेश कुमार खातीले महोत्सवमा युवा-विद्यार्थी र बालबालिका लक्षित कार्यक्रम तय गरिएको बताए । मेलामा बालबालिकाको प्रवेश, विद्यार्थीलाई मेलाको अवलोकन गराउने विषयसंगै प्रतिभा प्रस्फुटनका कार्यक्रमबारे अध्यक्ष खातीले जानकारी गराए । 

    images
    images
    images

    त्यसैगरी मेलाका प्रमुख सल्लाहकार तथा सांस्कृतिक संयोजक गोविन्द ठडराईले मेलामा सिङ्गिङ आइडल, डान्सिङ स्टार, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता र विज्ञान प्रदर्शनी विद्यार्थी लक्षित कार्यक्रम रहेको बताए । सबै विद्यालयका विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउन आग्रह गर्दै उनले विद्यार्थीलाई मेला प्रवेशमा सहुलियत र सामुहिक अवलोकनमा थप छुटको व्यवस्था गरिएको जनाकारी दिए ।   

    images
    images
    images

    छलफलमा प्रतियोगितात्मक कार्यक्रमहरुमा हुने मुल्यांकन र पुरस्कार राशिबारे शिक्षकहरुले सुझाव दिएका थिए । 

    बैठकमा सिता माध्यमिक विद्यालयका प्रधानाध्यापक उमाकान्त अधिकारी, महामाया भवानी माविका शिक्षक चिरन्जीवी रेग्मी, सरस्वती आधारभुत विद्यालयका खुम बहादुर सारु, जनता मावि शिक्षक रविबल्लब रेग्मी, युगज्योति माविका शिक्षक चन्द्रकान्त अर्याल, मेलाका प्रचार प्रसार संयोजक विष्णु पोखरेल लगायतको उपस्थिति रहेको थियो । 

    यही पौष २३ गतेदेखि माघ ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा देवदह क्षेत्रको कृषि, उद्यम, हस्तकला, पहिचान र पर्यटन सम्भावनालाई एकै ठाउँबाट उजागर गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

    पछिल्ला वर्षहरूमा सञ्चालन भएका व्यापार मेलाहरूले स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, बजारमा उत्पादनको पहुँच र पहिचान विस्तारमा सहयोग पु‍¥याउँदै आएको आयोजकको भनाइ छ ।

    मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति, विज्ञान प्रदर्शानी, सिङ्गिङ आइडल, डान्सिङ स्टार, लोक भजन प्रतियोगिता, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, डोरी तान्ने प्रतियोगितासंगै जलपरी अवलोकन, बाल उद्यान, आकर्षक सेल्फी तथा टिकटक जोन लगायतका आकर्षक रहने जनाइएको छ । 

    स्थानीय तथा सांस्कृतिक खानाका होटलसहित २५० वटा स्टल रहने महोत्सवमा १० करोड रुपैंयाभन्दा बढिको कारोवार हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह महोत्सव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।