Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी

निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी

images
  • निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न प्रचण्डको सरकारलाई चेतावनी
    images
    images

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कुनै पनि बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्न सरकारलाई चेतावनी दिएका छन् ।

    images
    images
    images

    शनिवार काठमाडौँमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले सरकारले निर्वाचनको मिति सार्ने वा धकेल्ने काम गर्‍यो भने चुप लागेर नबस्ने चेतावनी दिएका हुन् । 

    images
    images
    images

    उनले भने- 'कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला । यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस नगर्नुहोस् । एकचोटी त मिचिसकेको छ केही हदसम्म, तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ । तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चुप लागेर बस्ने छैनौँ ।ʼ  

    images
    images
    images

    प्रचण्डले आफूहरूको शक्तिलाई जिस्काएर संविधानसँग फेरि खेलबाड गरियो भने सडकमा आउने समेत चेतावनी दिए । उनले आफुहरु नै जेनजीको सहि अभिभावक भएको भन्दै नेपाली कम्युनिष्ट पार्टीले मात्र जेनजीका माग सम्बोधन गर्न सक्ने बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।