Logo

२०८३, श्रावण ३०गते


images
images

जेनजी आन्दोलन

जेनजी आन्दोलनका शहिद परिवार र घाइतेसँग रवि लामिछानेको भेटवार्ता

जेनजी आन्दोलनका शहिद परिवार र घाइतेसँग रवि लामिछानेको भेटवार्ता

images
  • जेनजी आन्दोलनका शहिद परिवार र घाइतेसँग रवि लामिछानेको भेटवार्ता
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेनजी आन्दोलनका शहिद परिवारसँग भेटवार्ता गरेका छन्।  

    images
    images
    images

    शनिबार काठमाडौं आएलगतै बबरमहलस्थित जेनजी सहिद परिवार कल्याणकारी संस्थाको कार्यालय र ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका शहीद परिवार र घाइतेसँग भेट गरेका हुन् ।  

    images
    images
    images

    सो भेटमा लामिछानेले जेनजी आन्दोलनका क्रममा युवाहरूको हत्या गरिएको भन्दै शहीद परिवारको न्यायका लागि लड्ने बताए । लामिछानेले ट्रमा सेन्टर पुगेर जेनजी आन्दोलनका पहिलो घाइते अभिषेक श्रेष्ठसँग भेट गरेका छन् । लामिछाने वीर अस्पतालको ट्रमा सेन्टर पुगेर उपचाररत श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । 

    images
    images
    images

    भेटका क्रममा उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आन्दोलनका क्रममा घाइते भएकाहरूको पक्षमा आफू सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।