काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज बनस्थली स्थित केन्द्रीय कार्यालय जाने भएका छन् ।
प्रवक्ता मनिष झाका अनुसार लामिछानेलाई दिउसो ३ बजे केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।
शुक्रवार रिहा भएका लामिछानेले शनिवार चितवनमा रास्वपाको सभालाई सम्बोधन गरेका थिए भने काठमाडौँ आएर जेनजी आन्दोलनका शहिद परिवार घाइतेसँग भेट गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology