देवदह । नेपाल जेसिजले प्रदान गर्दै आइरहेको उत्कृष्ट युवा पुरस्कार २०२५ बाट रुपन्देहीका पत्रकार सुरेश परियार पुरस्कृत भएका छन् । जनकपुरमा जारी जेसिजको ५२ औँ महाधिवेशनको अवसरमा उनि पुरस्कृत भएका हुन् ।
प्रशासन तथा प्रचार प्रसारमा योगदान पुर्याए वापत उनलाई नगदसहित पुरस्कृत गरिएको जेसिजले जनाएको छ । जेसिजले हरेक बर्ष देशभरबाट छनौट गरी एक जनालाई यो पुरस्कार प्रदान गर्दै आइरहेको छ ।
परियार एक दशकदेखि सञ्चार क्षेत्रमा कार्यरत छन् । उनि राष्ट्रिय दलित पत्रकार संघ नेपाल रुपन्देहीका उपाध्यक्ष समेत हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology