भैरहवा । नेपाल चीन मैत्री समाज लुम्बिनीको अध्यक्षमा भैरहवाका युवा उद्यमी मनीषकुमार जोशी निर्वाचित भएका छन् ।
समाजको आठौं अधिवेशनले जोशीको अध्यक्षतामा दुई वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा डा. ऋषिराम शर्मा, उपाध्यक्षम खिमबहादुर खत्री, महासचिवमा जनकराज पन्त, कोषाध्यक्षमा केशव शर्मा, सचिवमा दीपक गलामी मगर र सह-कोषाध्यक्षमा अच्युतराज गौतम निर्वाचित भएका निर्वाचन अधिकृत जगतबहादुर रायमाझीले जानकारी दिए ।
समाजको सदस्यहरुमा ईन्द्रबहादुर थापा, सानु सापकोटा, नारायणप्रसाद भण्डारी, कुलमणि ज्ञवाली, गोविन्दप्रसाद रेग्मी र गंगा भुसाल निर्वाचित भएका छन् ।
सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष जोशीले चिनियाँ दूतावाससँग सहकार्य गरेर लुम्बिनीमा उल्लेख्य संख्यामा चिनियाँ पर्यटक भित्र्याउन गौतमबुद्ध विमानस्थलमा चीनबाट सिधा हवाई सेवा शुरू गर्न पहल गर्ने बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology