Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रवि लामिछानेको टिप्पणी : ओलीले लगाएको गुन तिर्न अदालत धाउदैछु

रवि लामिछानेको टिप्पणी : ओलीले लगाएको गुन तिर्न अदालत धाउदैछु

images
  • रवि लामिछानेको टिप्पणी : ओलीले लगाएको गुन तिर्न अदालत धाउदैछु
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएको गुन तिर्न अदालतमा धाइरहेको प्रतिक्रिया दिएका छन् ।

    images
    images
    images

    सोमवार काठमाडौं जिल्ला अदालतमा तारिख बुझेर फर्कने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले ओलीले एक अन्तर्वार्ताका क्रममा दिएको अभिव्यक्तिप्रति कटाक्ष गरेका हुन् ।

    images
    images
    images

    लामिछानेले भने, ‘गुन लाइदिनु भएको छ नि केपी ओलीजीले, खुब गुन लगाए भन्नु भएको थियो, त्यहि उहाँले लगाएको गुन तिर्न आएको छ । सात दिन भित्र बाँकी सबै अदालतमा हाजिर गर्नुपर्ने हुन्छ । दौडा दौड यस्तै चलिरहेको छ । विष शरीर भित्र बाँकी नै छ ।' 

    images
    images
    images

    एक अन्तर्वार्ताका क्रममा एमाले अध्यक्ष ओलीले रवि लामिछानेलाई आफूले विगतमा ठुलो गुन लगाएको तर लामिछानेले आफूसँग अनावश्यक दुश्मनी गरेको टिप्पणी गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।