Logo

२०८३, श्रावण २७गते


images
images

कोभिडको अवस्था हेरेर स्थानीय तहले विद्यालय संचालन गर्न सक्ने

कोभिडको अवस्था हेरेर स्थानीय तहले विद्यालय संचालन गर्न सक्ने

images
  • कोभिडको अवस्था हेरेर स्थानीय तहले विद्यालय संचालन गर्न सक्ने
    फाइल फोटो
    images
    images

    काठमाडौं  । सरकारले फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ ।  कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको हाे । 

    images
    images
    images


    शुक्रबार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।

    images
    images
    images

    सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । केही पालिकाहरूले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

    images
    images
    images

    यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।