Logo

२०८३, श्रावण ३०गते


images
images

गतिविधि

देवदह आदर्शको छात्रा भलिवलमा विएड प्रथम वर्षको जीत

देवदह आदर्शको छात्रा भलिवलमा विएड प्रथम वर्षको जीत

images
  • देवदह आदर्शको छात्रा भलिवलमा विएड प्रथम वर्षको जीत
    images
    images

    देवदह । रुपन्देहीको देवदह आदर्श बहुमुखी क्याम्पसमा आयोजित खेल सप्ताहअन्तर्गत मंगलवार पनि विभिन्न ३ प्रतियोगिताहरु सम्पन्न भएका छन् । 

    images
    images
    images

    ‘समाज परिवर्तनमा यूवा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा विविएस प्रथम वर्षकी दिव्या सुनार प्रथम, विविएस चौथो वर्षका शोभराज जैसी द्धितीय र विविएस दोस्रो वर्षका लक्ष्मण क्षेत्री तृतीय भएका छन् । 

    images
    images
    images

    यस्तै मंगलवार नै सम्पन्न छात्रा भलिवल प्रतियोगितामा विएड प्रथम वर्षले जीत निकालेको छ । विएडले विविएस दोस्रो वर्ष विरुद्ध २५–२२ र २५–१८ को सोझो सेटमा जीत निकालेको हो । 

    images
    images
    images

    त्यसैगरी बास्केटवल तर्फ विविएस चौथो वर्षले विविएस दोस्रो वर्षलाई पराजित गरेको प्रतियोगिता संयोजक कृष्ण अर्यालले जानकारी दिए ।

    यहि पौष १६ गते हुन गइरहेको क्याम्पसको १७औं क्याम्पस सभाको पूर्व सन्ध्यामा सप्ताहव्यापि खेलकुदका कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आदर्श
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।