देवदह । रुपन्देहीको देवदहमा सञ्चालित जिल्लास्तरीय अन्तर क्याम्पस पुरुष भलिवल प्रतियोगिताको उपाधी देवदह आर्दश बहुमुखी क्याम्पसले हात पारेको छ । स्वतन्त्र विद्यार्थी यूनियन देवदह आर्दश बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न प्रतियोगिता अन्तर्गत भएको फाईनल खेलमा मणिमुकुण्ड क्याम्पस बुटवललाई सोझो सेटमा हराउँदै आर्दशले उपाधी हात पारेको हो ।
यसअघि आजै आर्दशले सेमिफाईनल खेलमा कालिका क्याम्पसलाई पराजित गरेको हो भने, मणिमुकुण्द क्याम्पसले देवदह बुद्ध पव्लिकलाई हराउँदै फाईनलमा स्थान बनाएको हो ।
आइतवार सम्पन्न फाइनल खेलमा देवदह आर्दश बहुमुखी क्याम्पसले २५-२३, २५-१०, २५-१५ को सोझो सेटमा जित निकालेको हो । प्रतियोगिताको उपाधीसँगै आदर्शले नगद ५१ हजार एक सय ११, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता मणिमुकुण्ड क्याम्पस बुटवलले नगद ३१ हजार एक सय ११, ट्रफी र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा कालिका क्याम्पस बुटवल तेस्रो भएको छ । तेश्रो स्थानको आइतवार सम्पन्न निकै प्रतिष्पर्धात्मक खेलमा ३-२ को सेटमा देवदह बुद्धपव्लिकलाई हराउदै्र कालिकाले तृतिय स्थान हासिल गरेको हो । तृतिय स्थानको लागि भएको खेलमा २५-२४, २५-१८, १९-१७ मा तिन सेट जित्दै कालिका क्याम्पस तृतिय भएको हो । खेलमा तृतिय हुदै कालिका क्याम्पसले नगद ११ हजार एक सय ११ रुपैंया, ट्रफी र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा रुपन्देही जिल्लाका २० वटा क्याम्पसहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक तथा स्वतन्त्र विद्यार्थी यूनियन देवदह आदर्श बहुमुखी क्याम्पसका कोषाध्यक्ष रेमन्त शर्माले जानकारी दिए । प्रतियोगितामा विजेता खेलाडीलाई देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले पुरस्कार प्रदान गरे ।
स्ववियू सभापति आश्विन न्र्यौपानेको अध्यक्षतामा भएको समापन कार्यक्रममा देवदह नगरपालिका–७ का वडाअध्यक्ष कृष्णप्रसाद अधिकारी, क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष प्रकाश अर्याल लगायतको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology