देवदह । रुपन्देहीको देवदहमा सञ्चालित ५ औं वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधिका लागि देवदह–५ र ७ बिच भिडन्त हुने भएको छ । देवदह–६ स्थित कभर्ड हल प्राङ्गणमा भएको प्रतियोगिता अन्र्तगत शुक्रवार सम्पन्न दोश्रो सेमिफाईनल खेलमा वडा नम्वर ५ ले वडा नम्वर १० लाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । त्यसैगरी पहिलो सेमिफाईनल खेलमा वडा नम्वर ६ लाई हराउदै वडा नम्वर ७ फाईनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्र्तगत भएको पहिलो सेमिफाईनल खेलमा २५–११, २५–१५ मा वडा नम्वर ६ लाई दुई सेट जित्दै वडा नम्वर ७ फाईनलमा प्रवेश गरेको हो । खेलमा वडा नम्वर ६ ले २५–२३ मा एकमात्र सेट जित्न सफल भएको थियो ।
यसैगरी दोश्रो सेमिफाईनल खेलमा २७–२५, २५–१७ मा दुई सेट जित्दै वडा नम्वर ५ ले फाईनल यात्रा तय ग¥यो । खेलमा वडा नम्वर १० ले २५–१९ मा एक सेट मात्र जिते पनि त्यो उसको लागि अघिल्लो चरण प्रवेशको बाटो बन्न सकेन । राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता रहेको प्रतियोगिताले देवदहलाई खेलमय बनाएको छ ।
स्वतन्त्र भुतपुर्व सैनिक कल्याणकारी परिवार देवदहको १० औं बार्षिक साधारण सभाको अवसरमा आयोजना गरिएको प्रतियोगिताको फाईनल खेल सनिबार सञ्चालन हुने खेल संयोजक मिलन मास्की रानाले जानकारी दिए । प्रतियोगितामा १४ टिमको सहभागिता रहेको समेत संंयोजक रानाले जनाए ।
प्रतियोगिताका विजेताले नगद ४१ हजार, उपविजेताले नगद २५ हजार, तृतियले नगद १५ हजार र सान्त्वना हुने टिमले नगद ७ हजार सहित ट्रफी, मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल अघि सनिबार देवदह पे्रस क्लबका पत्रकार र देवदह नगरपालिका कर्मचारी बिच मैत्रीपूर्ण भलिवल प्रतियोगता हुने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology