Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा अन्तरविद्यालय छात्रा भलिवल प्रतियोगितामा देवदह बुद्ध पब्लिक प्रथम

सगरमाथा अन्तरविद्यालय छात्रा भलिवल प्रतियोगितामा देवदह बुद्ध पब्लिक प्रथम

images
  • सगरमाथा अन्तरविद्यालय छात्रा भलिवल प्रतियोगितामा देवदह बुद्ध पब्लिक प्रथम
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालयद्वारा आयोजित अन्तरविद्यालय स्तरीय छात्रा भलिवल प्रतियोगितामा देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालय प्रथम भएको छ । सगरमाथा मावि स्थापनाको ३१औं वर्ष प्रवेशको अवसरमा आयोजित प्रतियोगिताको फाइनलमा देवदह मदर टङ्स एकेडेमीलाई दोस्रो स्थानमा धकेल्दै बुद्ध पब्लिक विजयी भएको हो ।

    images
    images
    images

    त्यसैगरी प्रतियोगितामा देवदह बोर्डिंग स्कुल तेस्रो भएको छ । देवदह बोर्डिंगले सेमिफाइनलमा ग्रीन प्लान्ट आवासीय माध्यमिक विद्यालयलाई पराजित  गरेको हो ।

    images
    images
    images

    प्रतियोगितामा प्रथम भएको देवदह बुद्ध पब्लिकले नगद १५ हजार, द्वितीय मदर ल्याण्ड एकेडेमीले नगद १० हजार तथा तृतीय देवदह बोर्डिङ स्कुल देवदहले नगद ५ हजारसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    images
    images
    images

    प्रतियोगितामा वेस्ट डिफेन्डर, मदर ल्याण्ड एकेडेमीकी आशिका राना, वेस्ट स्पाइकर देवदह बुद्ध पब्लिककी आर्जु विक, वेस्ट सर्भर देवदह बुद्ध पब्लिककी सपना थापा, उदयमान खेलाडीको रुपमा मदरल्याण्ड एकेडेमीकी परिसा राना, अनुशासासित खेलाडीको रुपमा देवदह बोर्डिङ स्कुल स्वीकृति पौडेल, वेस्ट सेटर देवदह इङलिस बोर्डिङ स्कुलकी सिमा सारु, वेस्ट प्लेयरको रुपमा देवदह बुद्द पब्लिककी विमला मस्राङ्गी र वेस्ट कोचको रुपमा प्रताप खवास घोषित भएका छन् ।

    छात्रा भलिबल प्रतियोगिताको समापन समारोहमा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल एवं विद्यालयका शिक्षकहरुको उपस्थितमा विजेता टिमलाई पुरस्कार वितरण गरिएको थियो । प्लस टु का कोर्डिनेटर दिपेश विक्रम मल्लको अध्यक्षता र शिक्षक दामोदर सापकोटाको संचालनमा पुरस्कार वितरण समारोह सम्पन्न भएको थियो ।​ प्रतियोगितामा देवदह नगरपालिका क्षेत्रभित्रका १२ वटा विद्यालय सहभागि थिए । 

    विद्यालयले सामाजिक सेवा, खेलकुदको विकास तथा साहित्य र सृजनामा विशेष योगदान पु¥याउने उद्धेश्यले  सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको  जनाएको छ ।

    दोस्रो चरणको कार्यक्रम अन्तरगत फाल्गुन २ देखि ४ गतेसम्म निशुल्क स्वास्थ्य शिविर, फाल्गुन २ गते नै जिल्ला स्तरिय अन्तर मावि कविता रचना एवम् वाचन प्रतियोगिता, ५ गते अभिभावक खेलकुद कार्यक्रम र फाल्गुन ६ गते पुरस्कार वितरण तथा साँस्कृतिक कार्यक्रम सञ्चालन हुने जनाइएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिवल प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।