Logo

२०८३, श्रावण ३०गते


images
images

वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि वडा नम्वर ७ लाई

वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि वडा नम्वर ७ लाई

images
  • वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि वडा नम्वर ७ लाई
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा सञ्चालित ५ औं वडास्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि वडा नम्वर ७ ले हात पारेको छ । प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा वडा नम्वर ५ लाई ३–१ को सेटमा वडा नम्वर ७ ले हराएको हो । फाइृनल खेलमा २५–२१, २५–२४ र २५–१६ मा तिन सेट जित्दै वडा नम्वर ७ ले उपाधि हात पा¥यो । खेलमा वडा नम्वर ५ ले २५–२२ मा एक सेट जित्दै उपविजेता बनेको छ । उपाधिसंगै वडा नम्वर ५ ले नगद ४१ हजार रुपैंया सहित ट्रफी मेडल प्राप्त गरेको छ । 

    images
    images
    images

    उप–विजेतामा चित्त बुझाएको वडा नम्वर ५ ले नगद २५ हजार रुपैंया सहित ट्रफी र मेडल प्राप्त गरेको छ । त्यसैगरी प्रतियोगितामा वडा नम्वर १० तृतिय भएको छ । तेश्रो स्थानको लागि भएको खेलमा वडा नम्वर ६ लाई सोझो सेटमा हराउदै वडा नम्वर १० ले तृतिय स्थान हासिल गरेको खेल संयोजक मिलन मास्की रानाले जानकारी दिए । प्रतियोगितामा तृतिय स्थान प्राप्त गरेको वडा नम्वर १० ले नगद १० हजार रुपैंया सहित ट्रफी र मेडल प्राप्त गरेको छ । त्यस्तै सान्त्वना भएको देवदह–६ ले नगद ७ हजार रुपैंया प्राप्त गरेको खेल संयोजक रानाले जनाए । 

    images
    images
    images

    प्रतियोगितामा ३५ बर्ष माथिको भेन्ट्रास खेल समेत प्रस्तुत गरिएको थियो । जसमा वडा नम्वर ४ विजयी भएको छ । खेलमा वडा नम्वर ५, लाई हराउदै वडा नम्वर ४ विजयी भएको हो । 

    images
    images
    images

    त्यसैगरी फाईनल खेलको पुर्व सन्ध्यामा देवदह नगरपालिकाका कर्मचारी र पत्रकारहरु बिच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ । उक्त खेलमा पत्रकारको समुह विजयी भएको छ । खेलमा पत्रकार समुहले कर्मचारीको टिमलाई सोझो सेटमा हराउन सफल भयो । प्रतियोगिताका विजयी खेलाडीहरुलाई देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रे र स्वतन्त्र भुतपुर्व सैनिक कल्याणकारी परिवार देवदहका अध्यक्ष विनोदकुमार गुरुङ्गले संयुक्त रुपमा पुरस्कार प्रदान गरे । 

    देवदह नगरपालिकाको सहयोगमा स्वतन्त्र भुतपुर्व सैनिक कल्याणकारी परिवार देवदहको १० औं बार्षिक साधारण सभाको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । अध्यक्ष विनोदकुमार गुरुङ्गको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष खड्कबहादुर पुनको स्वागत र सचिव जयबहादुर पुलामीको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको हो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भलिवल प्रतियोगिता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।