Logo

२०८३, आश्विन १०गते


images
images

आज दिउँसोदेखि मौसममा सुधार हुने, भोलि देखि घमाइलो हुने

आज दिउँसोदेखि मौसममा सुधार हुने, भोलि देखि घमाइलो हुने

images
  • आज दिउँसोदेखि मौसममा सुधार हुने, भोलि देखि घमाइलो हुने
    images
    images

    काठमाण्डाै । आज दिउँसोदेखि मौसममा सुधार हुने मौसमविद्ले बताएका छन् । बिहीवार र शुक्रबार वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए । अस्ति पश्चिम भेगमा र हिजो देशैभरि वर्षा र हिमपात भएको थियो ।

    images
    images
    images


    अहिले देशका केही ठाउँमा सामान्य बद्ली रहेको र दिउँसोदेखि मौसम सफा हुने मानन्धरले बताए । आज पहाडी भेगका केही ठाउँमा बद्ली भएर सामान्य वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको उनको भनाइ छ ।

    images
    images
    images

    शुक्रबार परेको पानीको प्रभावले भोलि बिहान हुस्सु लागे पनि त्यसपछि मौसम खुल्ने उनको भनाइ छ । भोलिदेखि मौसम खुलेर घाम लाग्ने र न्यानो सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अस्ति र हिजो भएको हिउँदे वर्षा र हिमपातले जनजीवन प्रभावित भएको छ ।

    images
    images
    images


    चिसो बढ्दा घरबाहिर निस्कन समेत समस्या भएको छ । यस्तै हिमपातका कारण सडक, हवाई यातायात प्रभावित भएकाे छ । अहिले उच्च पहाडी तथा हिमाली भेगका बस्तीहरुमा बाक्लो हिउँ जमेको छ । जनजीवन प्रभावित भए पनि हिउँदे वर्षा र हिउँका कारण किसान भने खुशी भएका छन् ।

    माघमा परेको हिउँ र वर्षाले हिउँदे बाली सप्रने किसान बताउँछन् । विशेषगरी लेकाली क्षेत्रका बालीनालीका लागि हिउँदे झरी र माघमा परेको हिउँ महत्त्वपूर्ण मानिन्छ । यस वर्ष गएको वर्षको हिउँदको तुलनामा चार गुणा धेरै वर्षा भएको छ ।


    गएको वर्षको हिउँद अर्थात डिसेम्बरदेखि फेब्रुअरीसम्म १५ दशमलव चार मिलिमिटर वर्षा भएकोमा यो वर्ष हिजो बिहान आठ बजेसम्म नै ५७ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको थियाे । हिजो देशैभरि वर्षा भयो भने थुप्रै ठाउँमा भारी वर्षा समेत भएको छ । सामान्यतया हिउँदमा ६० दशमलव नौ मिलिमिटर वर्षा हुन्छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।