सूर्य सुनार बैशाख १५, गुल्मी
गुल्मीमा मास्क नलगाई हिड्ने ४५ जनालाई प्रहरीले १५ मिनेट नियन्त्रणमा लिई सम्झाई बुझाई मास्क लगाएर पठाउन थालेको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले सडकमा हिडने र सवारी साधनमा यात्रा गर्नेहरुले मास्क नलगाएको पाइएकाले मास्क लगाउन आग्रहगर्दै मास्क पनि दिन थालेको छ । मास्क नलगाउने ४५ जनालाई १५ मिनेट सम्झाई बुझाई मास्क लगाएर मात्र पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।
कोरोना माहामारीको समयमा सबैलाई मास्क लगाउन आग्रह गरिएको र यदि कसैले अटेर गरेमा उनीहरुलाई कानुन अनुसारको कारवाही गर्ने पनि प्रहरीले जनाएको छ ।
यस्तै ट्राफिक प्रहरीले सवारी साधनहरुमा समेत चेकजाँचमा कडाई गरेको छ । सवारी साधनहरुले सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको र मास्क लगाएको नलागाएको बारेमा पनि चेकजाँच गरिएको ट्राफिक प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology