Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो- मन्त्री खरेल

समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो- मन्त्री खरेल

images
  • समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो- मन्त्री खरेल
    images
    images

    गोरखा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् ।

    images
    images
    images

    स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई सम्बोधन गर्दै मन्त्री खरेलले सबै दलबाट सूची दर्ता भएसँगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको उल्लेख गरे । उनले विषम परिस्थितिमा पनि निर्वाचन हुँदै आएकाले यसपटक पनि सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेको र शान्ति सुरक्षाको वातावरणमा कुनै समस्या नरहेको दाबी गरे ।

    images
    images
    images

    मन्त्री खरेलले निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको उल्लेख गर्दै सरकारले मतदाता ढुक्क भएर मतदान गर्न सक्ने वातावरण निर्माण गरिरहेको बताए । देशको विकास र समृद्धिका लागि सबैलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउन उनले आग्रह गरे ।

    images
    images
    images

    हरेक निर्वाचनमा उठ्ने इ–भोटिङ तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय यसपटक पनि चर्चामा आए पनि सरकारले यसमा अझै प्रयास जारी राखेको मन्त्री खरेलको भनाइ थियो । अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे छलफल भइरहेको जानकारी पनि उनले दिए ।

    कार्यक्रममा मन्त्री खरेलले सबै सरोकारवालालाई निर्वाचन सफल बनाउन आह्वान गर्दै स्मार्ट हुलाक सेवामार्फत अब हुलाक सेवा घरघरमा पुर्‍याउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समानुपातिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।