Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

नेपालमा टी-२० विश्वकपको ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म

नेपालमा टी-२० विश्वकपको ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म

images
  • नेपालमा टी-२० विश्वकपको ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म
    images
    images

    काठमाडौँ । भारत र श्रीलंकामा हुने आइसीसी पुरुष टी-२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी ५ देखि ७ गतेसम्म आयोजना हुने भएको छ ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) का अनुसार ट्रफी टुर जनवरी ५ देखि ७ गतेसम्म अर्थात पुस २१, २२ र २३ गते नेपालमा हुने भएको हो ।

    images
    images
    images

    आइसीसी पुरुष टी-२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् ।

    images
    images
    images

    समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन्। त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन्।

    टी-२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, बंगलादेश, इटाली र इंग्ल्यान्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् ।

    नेपालले विश्वकपमा आफ्नो पहिलो खेल इङल्याण्डविरुद्ध फेब्रुअरी ८ मा, दोस्रो खेल इटालीसँग फेब्रुअरी १२ मा, तेस्रो खेल वेस्ट इण्डिजसँग फेब्रुअरी १५ मा र चौथो खेल बंगलादेशसँग फेब्रुअरी १७ मा खेल्ने तालिका रहेको छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखेडे क्रिकेट स्टेडियममा खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।