Logo

२०८३, आश्विन ११गते


images
images

फुटबल

देवदहमा जारी टोलस्तरीय फुटबल : कोलुवा र प्रगति सेमिफाइनलमा

देवदहमा जारी टोलस्तरीय फुटबल : कोलुवा र प्रगति सेमिफाइनलमा

images
  • देवदहमा जारी टोलस्तरीय फुटबल : कोलुवा र प्रगति सेमिफाइनलमा
    images
    images

    देवदह । रुपन्देहीको देवदह-५ मा सञ्चालित प्रथम टोलस्तरीय सेभेन ए साईड मैत्रीपूर्ण फुटवल प्रतियोगिता अन्र्तगत भएको खेलमा कोलुवा शान्ति र प्रगति टोल विकास संस्था सेमिफाईनलमा प्रवेश गरेका छन् । 

    images
    images
    images

    प्रतियोगिता अन्र्तगत पहिलो क्वाटर फाईनल खेलमा गाठादी टोल विकास संस्थालाई सून्यका विरुद्ध ३ गोलले पराजित गर्दै कोलुवा शान्ति टोल विकास संस्था सेमिफाईनल प्रवेश गरेको हो । खेलमा कोलुवाको लागि देव दर्लामीले २ गोल र विवेक सिंजालीले १ गोल गरे ।

    images
    images
    images

    यसैगरी दोश्रो क्वाटर फाईनलमा सगरमाथा टोल विकास संस्थालाई हराउदै प्रगति टोल विकास संस्था सेमिफाईनल प्रवेश गरेको छ । खेलमा प्रगतिका विशाल वारघरेले १ गोल गरेका थिए । 

    images
    images
    images

    यस्तै अर्को खेलमा एकता टोल विकास संस्था क्वाटर फाईनलमा प्रवेश गरेको छ । खेलमा सुन्दर टोल विकास संस्थालाई १ का विरुद्ध ५ गोल गर्दै एकता टोल विकास संस्था क्वाटर फाईनलमा प्रवेश गरेको हो । खेलमा एकताको तर्फबाट जलन थापाले ३ गोल र सुभम क्षेत्रीले २ गोल गरे । यसैगरी सुन्दरका लागि शितल रेश्मीले सान्त्वना १ गोल फर्काउन सफल भए । 

    देवदह नगरपालिका–५, को आर्थिक सहयोग र वडास्तरीय खेलकुद समितिको आयोजनामा भएको प्रतियागिताका विजेताले नगद १५ हजार र उपविजेता टिमले नगद १० हजार ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक नविन लुईटेलले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टोलस्तरीय फुटबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।