Logo

२०८३, श्रावण ३०गते


images
images

सुनसरी मृत्यु प्रकरण : पाँच बुँदे सहमति, छानबिन समिति गठन

सुनसरी मृत्यु प्रकरण : पाँच बुँदे सहमति, छानबिन समिति गठन

images
  • सुनसरी मृत्यु प्रकरण : पाँच बुँदे सहमति, छानबिन समिति गठन
    images
    images

    सुनसरी । सुनसरीको लौकहीमा सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय शाहको मृत्यु भएको विषयमा प्रशासन र स्थानीयबीच पाँच बुँदे सहमति भएको छ । 

    images
    images
    images

    सुनसरीको लौकही स्थित ३ नम्बर पोस्टमा बुधबार राति सशस्त्र प्रहरीको गोली लागेर स्थानीय विजय साहको मृत्यु भएको थियो ।  साहको मृत्यु भएपछि स्थानीयले विरोध जनाउँदै पूर्व पश्चिम राजमार्गको लौकहीमा सडक बन्द गरेर प्रदर्शन गरिरहेका छन् । 

    images
    images
    images

    सशस्त्र प्रहरीको गोली लागेर साहको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजक तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी र राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका अनुसन्धान अधिकृत सदस्य रहेको तीन सदस्य छानबिन गठन गरिएको छ । समितिले सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

    images
    images
    images

    साथै सहमतिमा मृतक विजय शाहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने तथा मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने उल्लेख छ ।

    सहमतीका बुदाहरुः

    १- सशस्त्र प्रहरी बलको गोलीका कारण मृत्यु भएका विजय साहको मृत्यु र गोली प्रहार गर्नु

    पर्ने कारण र परिणामका सम्बन्धमा छानविन गरी सत्य तथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा नेपाल प्रहरीका प्र.ना.उ. र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि रहने गरी ७ (सात) दिन भित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गर्ने । ।

    २- छानविन समितिको प्रतिवेदन प्राप्त भए पछी सुरक्षा अधिकारीको लापरवाहीको कारण मृत्यु भएको पाइएमा नियमानुसारको राहत एवं क्षतिपुर्तीका लागि नेपाल सरकार गृह मन्त्रालयमा सिफारिस गरी पठाउने ।

    ३- मृतक विजय शाहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले पहलकदमी तथा सहजीकरण गरिदिने ।

    ४- मृतकको छोरा सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा निजलाई भर्ना हुनका लागि सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग एवं सहजीकरण गरिदिने ।

    ५- मृतक विजय शाहको शव पोष्टमार्टमको लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र सो पश्चात मृतक परिवारले दाहसंस्कार गर्ने गराउने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।