Logo

२०८३, श्रावण ३०गते


images
images

समाचार

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा

images
  • सुनसरीबाट पेस्तोलसहित भारतीय नागरिक नियन्त्रणमा
    images
    images

    सुनसरी । सशस्त्र प्रहरी बलले सुनसरी बाट पेस्तोल सहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इटालीमा बनेको पेस्तोल र सोको ३ राउण्ड गोलीसहित भारतको अररिया ग्रामपंचाय-४ बस्ने ३६ बर्षका राम थेलन पासवानलाई सुनसरी गाउँपालिका-३ जमुवास्थित सीमा नाकाबाट निर्वाचन क्षेत्र सुरक्षा बेशले शुक्रबार साँझ नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय ग्राम, नेपाली रुपैयाँ ७ हजार ५ र भारतीय रुपैयाँ ९ हजार ३८० तथा मोटरसाइकल  समेत बरामद भएको छ ।

    images
    images
    images

    नियन्त्रणमा लिइएका पासवानलाइ बरामद सामाग्रीसहित आबश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

    images
    images
    images

    यसैबीच निर्वाचनलाई लक्षित गर्दै सीमा  नाकामा उच्च सतर्कता अपनाउन सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनिपती सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले निर्देशन दिएसंगै सीमा नाकामा चेकजाँचलाई तीव्रता दिइएको छ । सोही क्रममा हतियारसहित ब्यक्ती नियन्त्रणमा लिन सफलता मिलेको हो ।

    डिआइजी थापाले इलाम, झापा,  मोरङ  र सुनसरी जिल्लाका सीमा नाकाको स्थलगत अनुगमन गर्नुहुँदै सीमाबाट हुने अबैध क्रियाकलापमा निर्मम ढंगले लाग्न मातहत सबै युनिटलाई निर्देशन दिएका छन् ।



    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनसरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।