देखाउन नसक्नेको पनि मन हुदो रहेछ
प्रेम त जसरी पनि सम्बोधन हुदो रहेछ
यो शरीर सास चल्न छोडेपछि उत्रिएको हो
लाग्छ, हावामा पनि यति वजन हुदो रहेछ
बादलु लाई हेरर मुस्कुराउँने एक म हु
अर्को एकोहोरो हेर्ने गगन हुदो रहेछ
जिउँदो रहुन्जेल अरुकै घरमा बसियो
मरे पछि बस्ने आफ्नै कफन हुदो रहेछ
मन हुनेहरुले सर्वस्व पनि दिन सक्छन्
धन हुनेले दिने त आश्वासन हुदो रहेछ
- निराजन लुइँटेल
इटहरी, सुनसरी
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology