Logo

२०८३, श्रावण ३०गते


images
images

आगलागीमा परि दाङमा पाँच जनाको मृत्यु, मृत्यु हुने सबैको सनाखत

आगलागीमा परि दाङमा पाँच जनाको मृत्यु, मृत्यु हुने सबैको सनाखत

images
  • आगलागीमा परि दाङमा  पाँच जनाको मृत्यु, मृत्यु हुने सबैको सनाखत
    images
    images

     दाङ। दाङको तुलसीपुरस्थित इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुँदा पाँच जनाको निसास्सिएर ज्यान गएको छ । उक्त आगलागीमा ज्यान गुमाएका पाँचै जनाको सनाखत भएको छ।

    images
    images
    images

    तुलसीपुर उपमहानगरपालिका-५ ‘ङ’ लाइनस्थित उक्त जुत्ता-चप्पल पसलमा गए शुक्रबार बिहान पौने दुई बजेतिर आगलागी भएको थियो ।
    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले मृतक पाँचै जनाको सनाखत भइसकेको बताएका छन् ।

    images
    images
    images

    मृत्यु हुनेमा करिब ६ वर्षीय अबिददिन अली, करिब १४ वर्षीया सजिता खातुन, करिब १५ वर्षीय हसन बकस, करिब १५ वर्षीय मसिन बकस र करिब ४२ वर्षीय नजरदिन अली रहेका छन् ।

    images
    images
    images

    बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगो लागेको देखेका थिए। त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि करिब ५ घन्टापछि मात्र आगो नियन्त्रणमा आएको हो।
    तुलसीपुर उपमहागनरपालिकाको दमकल, घोराही उपमहानगरपालिकाको दमकल, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी, स्थानीयबासीको प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आगलागी
  • # दाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।