Logo

२०८३, आश्विन ११गते


images
images

भलिबल

एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फको फाइनलमा पुलिस र न्यु डायमण्ड भिड्ने

एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फको फाइनलमा पुलिस र न्यु डायमण्ड भिड्ने

images
  • एनभीए भलिबल च्याम्पियनसिप : महिलातर्फको फाइनलमा पुलिस र न्यु डायमण्ड भिड्ने
    images
    images

    काठमाडौं । नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब भिड्ने भएका छन् ।

    images
    images
    images

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिस फाइनलमा पुगेको हो । पुलिसले चार सेटको खेलमा २५-१२, २९-३१, २५-१४ र २५-१८ को जित निकालेको थियो । 

    images
    images
    images

    यसअघि, शुक्रबारै बिहान भएको पहिलो सेमिफाइनलमा न्यु डायमण्डले नेपाल एपीएफ क्लबलाई २५-१७, २५-२० र २५-७ को सोझो ३-० को सेटमा जित हासिल गर्दै फाइनलमा पुगेको थियो । अब, पुलिस र डायमण्ड बीचको फाइनल खेल शनिबार दिउँसो १ बजे हुनेछ । 

    images
    images
    images

    प्रतियोगितामा पुरुषतर्फको फाइनल खेल पनि शनिबारै हुनेछ । यस पटकको च्याम्पियनसिपमा पुरुषतर्फ १२ र महिलातर्फ ८ गरि कुल २० टोली सहभागी थिए। च्याम्पियनसिपबाट उत्कृष्ट ८ पुरुष र ६ महिला टोली छनोट गरिनेछ। ती टोलीले दशौं पीएम कप-एनभीए महिला तथा पुरुष भलिबल लिगमा सहभागिता जनाउने अवसर पाउने छन् ।

    प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फको विजेता टोलीले ट्रफीसहित समान नगद ५ लाख रुपैयाँ, उपविजेताले २ लाख ५० हजार रुपैयाँ र तेस्रो हुने टोलीले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने नेपाल भलिबल संघले जानकारी दिएको छ । त्यस्तै उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार र विधागततर्फ उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही १५ हजार पुरस्कार प्रदान गरिने संघले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनभीए भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।