Logo

२०८३, आश्विन ११गते


images
images

एनभीए भलिबल च्याम्पियनसिप

एनभीए भलिबल च्याम्पियनसिप : पुरुष र महिलातर्फका फाइनल खेल आज हुदै

एनभीए भलिबल च्याम्पियनसिप : पुरुष र महिलातर्फका फाइनल खेल आज हुदै

images
  • एनभीए भलिबल च्याम्पियनसिप : पुरुष र महिलातर्फका फाइनल खेल आज हुदै
    images
    images

    काठमाडौं । जारी नवौं एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपका फाइनल खेल आज हुदैछन् । काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा फाइनल खेल हुने छन् ।  

    images
    images
    images

    महिलातर्फको फाइनल खेलमा उपाधिका लागि विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब दिउसो १ बजेदेखि खेल्ने छन् । पुलिस क्लबले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो भने अर्को सेमिफाइनलमा न्यु डायमण्डले नेपाल एपीएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो ।

    images
    images
    images

    त्यस्तै पुरुषतर्फको फाइनल खेल साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउसो साढे ३ बजेदेखि शुरु हुनेछ । पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा हराउँदै हेल्प नेपाल फाइनलमा पुगेको हो । त्यस्तै दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले रुकुम पश्चिम ट्रेनिङ सेन्टरलाई ३-२ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनभीए भलिबल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।