Logo

२०८३, आश्विन १२गते


images
images

'ऐना' मा गाउँ खाेज्दै वसन्तपाेखरीका युवा 

'ऐना' मा गाउँ खाेज्दै वसन्तपाेखरीका युवा 

images
  • सेतोमसी सहकर्मी
  • 'ऐना' मा गाउँ खाेज्दै वसन्तपाेखरीका युवा 
    images
    images

    कृष्ण अन्जान, रुरु । तानसेन-रिडी-तम्घास  माेटरबाटाे नजिकैकाे सानाे वस्ती, बान्की मिलेका मुस्किलले तीस वटा घर तर बसाइँसराईले सुनाे हुनै लागेकाे ठाउँ । रुरुक्षेत्र गाउँपालिका वडा नं. ३ थाेर्गाकाे बसन्त पाेखरीले शिक्षा, साहित्य र समाजसेवामा आफुलाई सधै चलायमान राख्दै आएकाे छ ।

    images
    images
    images


    यतिबेला गाउँमा बस्नेहरुले बसाइँ सरेकालाई सम्झने र बसाइँ सरेकाले गाउँ सम्झने क्रम हरेक गाउँमा छ ।बसन्त पाेखरी तिर पनि त्यस्तै छ अचेल । 

    images
    images
    images

    थुपारी जति सम्पत्ती नाचौँ माेज गरि गरि
    झन झन झन खुम्चिँदै छौँ कि भन्ने लाग्छ घरी घरी ।
    आफ्नाे दायित्व बिर्सेर कदापि नबसौँ अब 
    वसन्तपाेखरीवासी एक ढिक्का बनौँ सब ।।

    images
    images
    images


    यहि वसन्तपाेखरीमा जन्मेका कवि तथा प्रध्यापक हिरण्यलाल ज्ञवालीले बुटवलबाट लेख्नु भएकाे कविताकाे याे अँशले पनि मन जहाँ रहेपनि वसन्तपाेखरी प्रतिकाे माया बाेलेकाे पाईन्छ  ।


    एउटा काल खण्डमा पुराना पुस्ताका वसन्त नाम गरेका यहाँका वासिन्दाले पाेखरी खनेपछि यसैबाट वसन्त पाेखरी नाम रहेकाे भनाई स्थानिय लाेकनाथ ज्ञवालीकाे छ ।


    तानसेन-रिडी माेटरबाटाेकाे शुरुवात सँगै याे क्षेत्रकाे नाम यसरी परिवर्तन भयाे कि खै कस्ले किन राख्यो खनियाँरुख भनेपछि चर्चामा आयाे ।


    तानसेन-रिडी माेटरबाटाे च्यूरेकीहरु ओर्लिने ठाउँ सालविसाउना मध्य क्षेत्रका थाेर्गेली ओर्लिने ठाउँ फलाँटे र उपल्लाे क्षेत्रका थाेर्गेली ओर्लिने वसन्तपाेखरी खनियाँरुखमा नाम परिवर्तन भयाे ।


    लामाे समयसम्म नाम परिवर्तन भएकाे सायद कसैले हेक्का गरेन या त साेँच्ने फुर्सद भएन तर पछिल्लो चरणमा याे क्षेत्रका युवाहरु आफ्नाे गाउँकाे पहिचान नै मेटिएपछि झस्के र गाउँकाे पुरानाे नाम स्थापित गर्न लागिपरे ।


    गाउँबाहिर रहेका र गाउँमै रहेका युवाहरूको समन्वयमा वसन्तपाेखरी युवा क्लवकाे गठन भएपछि काम यसरी अगाडी बढ्याेकि पुर्वमा गुफ्फा पँधेरा, साँधखाेला, पानीआँप हुँदै भट्कुवा खाेला, पश्चिममा भैलिखाने, चौर, बाक्ला, फँडेर, बिरौटा हुँदै सातमुरे खाेला । यसैगरी उत्तरमा साविक थानपति गाविसकाे  वडा नं. ४, ५ र ६ काे सिमाना तेर्साे बाटाे र दक्षिण भट्कुवाखाेला रह देखि सातमुरेसम्मलाई वसन्त पाेखरीमा समेट्दै सडकमा खनियारुख काे हाेर्डिँगबाेर्ड हटाउँदै गत वर्ष देखि वसन्तपाेखरी पुन:स्थापन गरिएकाे छ ।


    मेराे घर, मेराे गाउँ र मेराे जन्मभुमि वसन्तपाेखरी हाे भन्ने मान्यतालाई स्थापित गराउन क्लवले गाउँलाई पुरानै नाम मात्र दिएकाे छैन । सामुदायिक विकासमा पनि अाफुलाई स्थापित गर्ने प्रयास गरेकाे छ वसन्त पाेखरी युवाक्लवका अध्यक्ष ईश्वरी ज्ञवालीकाे भनाई छ ।


    सबैभन्दा ठुलाे जन्मभुमिमा केहिगरौँ भन्ने कर्तव्यबोध हुनुपर्छ । गाउँमेै नबसे पनि आफु वसेकाे ठाउँबाट हामीले गाउँका लागि केही गर्न सक्छौ 
     यसका लागि सबैकाे मनमा गाउँ हुनुपर्छ । वसन्तपाेखरी युवा क्लवका हरेक सदस्यका मनमा जहाँबसेपनि यतिवेला गाउँकाे मायाँ लपक्क भएर टाँसिएकाे छ ।


    सानाे गाउँलाई याे वर्ष उनीहरुले 'ऐना' मार्फत खाेजेका छन । यहाँकाे ईतिहास, सँस्कृती, परम्परा र रितीरिवाजलाई सर्लक्क उतारेर तयार पारिएकाे ऐना विशेषाँक भित्र वसन्त पाेखरीलाई मज्जाले पढ्न पाईन्छ ।


    यिनै जागरुक युवाहरूको पहलमा गाउँभरि सडक बत्ती बालिएका छन । घरघरमा डस्टविनहरु बाँडिएका छन । सडकमा वसन्त पाेखरी आईपुगेकाे छनक दिने गरि हाेर्डिँग बाेर्ड हालिएका छन । र, याे क्षेत्रका खालि जग्गाहरुमा टिमुर लगायतका बाेट बिरुवा राेपेर युवाहरुले अभिभावकहरुलाई टाढा भएपनि नजिकै भएकाे अनुभुति दिलाई रहेका छन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।