Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

ओली र प्रचण्डबीच भेटवार्ता : गठबन्धन गर्ने छलफलमा पुराना दल

ओली र प्रचण्डबीच भेटवार्ता : गठबन्धन गर्ने छलफलमा पुराना दल

images
  • ओली र प्रचण्डबीच भेटवार्ता : गठबन्धन गर्ने छलफलमा पुराना दल
    images
    images

    काठमाडौँ । निर्वाचनको मिति नजिकिदै गर्दा प्रमुख तीन दलका शिर्ष नेताहरु नजिकिएका छन् ।

    images
    images
    images

    गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि चौतर्फी आलोचनाको केन्द्रमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पछिल्ला दिनमा नजिकिएका हुन् ।

    images
    images
    images

    तीन नेताहरुबीच यस बिचमा पटक पटक भेटवार्ता भइरहेको खुलेको छ । तिनै नेताले आगामी निर्वाचनमा गठबन्धन गरेर चुनावमा जाने विषयमा छलफल गरिरहेको बुझिएको छ ।

    images
    images
    images

    यसै प्रसंगमा एमाले अध्यक्ष ओली र प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ । ललितपुरको च्यासलमा भएको भेटमा दुवैबीच समसामयिक राजनीति र आसन्न राष्ट्रिय सभाको निर्वाचनको विषयमा छलफल केन्द्रीत भएको बताइएको छ । राष्ट्रिय सभाको निर्वाचनमा एमाले र काँग्रेस मिलेर चुनावमा जाने सहमति भइसकेको र पहिलो प्रचण्डले पनि मिलेर जाने प्रस्ताव गरेपछि ओलीले भेट गरेको बुझिएको छ ।

    प्रचण्ड आज साँझ भारत जानेअघि भएको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । खासगरि रास्वपासँग बालेन शाह र कुलमान घिसिङको एकतापछि पुराना दललाई गठबन्धन गरेर चुनावमा जान दबाब बढेको विश्लेषण गरिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ओली
  • # प्रचण्ड
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।