Logo

२०८३, श्रावण ३०गते


images
images

जनसाँस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन 

जनसाँस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन 

images
  • जनसाँस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन 
    images
    images

    बुटवल । नेकपा (एकिकृत समाजवादी) निकट जनसाँस्कृतिक महासंघ समाजवादी रुपन्देही गठन भएको छ । माधव पन्थको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन भएको हो ।  नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजुु गुरुङको प्रमुख आतिथ्यतामा शनिबार भएको भेलाले कमिटि गठन गरेको हो । 

    images
    images
    images


    महासंघको उपाध्यक्षमा मुकेश गुरुङ, सचिवमा नविन गुरुङ, कोषाध्यक्षमा पुनम थापा रहेका छन । यसैगरि केशव घिमिरे ( सैनामैना ),  रवि क्षेत्री (बुटवल), प्रविण रसाइली (सियारी), भोसु यादव (कोटहिमाइ), उमेश पटेल (शुद्धोधन ), महेन्द्र गुरुङ (बुटवल), आशिष थापा (बुटवल), निराजन थापा (बुटवल), सन्तोष गुरुङ (बुटवल), समिता वि.क(शुद्धोधन ), सविना सुनार (शुद्धोधन)ं र भुवन खड्का (बुटवल) रहेका छन । 

    images
    images
    images


    भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष राजुु गुरुङले सामाजिक रुपान्तरणको अभियानमा सामेल हुन अपिल गरे । उनले नेपालको कम्यूूनिष्ट आन्दोलनमा देखा विचलन र कम्यूूनिष्ट विचारको रक्षाका लागि एकिकृत समाजवादीमा आबद्ध हुनेहरु दैनिक रुपमा बृद्धि भइरहेको बताए । 
    उनले समाज रुपान्तरणका लागि साँस्कृतिक क्षेत्रको उल्लेख्य योगदान रहने बताए । 

    images
    images
    images

    जनसाँस्कृतिक महासंघ समाजवादी रुपन्देहीका इन्चार्ज शेरजंग गुरुङको अध्यक्षतामा बसेको भेलामा नेकपा एकिकृत समाजवादी रुपन्देहीका सचिव अविरा विक, बुटवल नगरअध्यक्ष चिनबहादुर गुरुङ, अखिल नेपाल महिला संघ रुपन्देहीका उपाध्यक्ष आशा चौधरी, नेताहरु राजेन्द्र पाण्डे, नन्दीकिशोर खेरल, माधव पन्थ, वामदेव भण्डारी लगायतले बोल्दै नवनिर्वाचित कमिटिलाई शूूभकामना दिएका थिए ।    

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।