Logo

२०८३, आश्विन ११गते


images
images

नेत्रहीन महिला क्रिकेट

विश्वकपका उपविजेता नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई काठमाडौँ महानगरबाट नगदसहित सम्मान

विश्वकपका उपविजेता नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई काठमाडौँ महानगरबाट नगदसहित सम्मान

images
  • विश्वकपका उपविजेता नेपाली नेत्रहीन महिला क्रिकेट टिमलाई काठमाडौँ महानगरबाट नगदसहित सम्मान
    images
    images

    काठमाडौँ । फस्ट विमेन्स टीट्वान्टी वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौँ महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

    images
    images
    images

    क्रिकेट एशोसिएसन फर द व्लाइन्ड इन इन्डियाले आयोजना गरेको वर्ल्डकपमा नेत्रहीन महिला क्रिकेट टोलीले भाग लिएको थियो । वर्ल्डकप गएको कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो । वर्ल्डकपका उपविजेता टीमलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सम्मान गरेका हुन् । खेलाडीहरुले जनही १ लाख रुपियाँ र व्यवस्थापकले जनही ५० हजार रुपियाँ प्राप्त गर्ने गरी प्रमुख शाहले, नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपियाँ प्रदान गरेका थिए  । 

    images
    images
    images

    उपविजेता टोलीमा कप्तान गीता पौडेल र उपकप्तान विनिता पुन रहेका छन् । टोलीमा सुस्मा तामाङ्, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाइ, कान्ती चौधरी, बिमला राई, सुजिता थापा, एञ्जिला ढकाल र सुनिता भुजेल छन् । 

    images
    images
    images

    खेलका प्रशिक्षक पुरनसिंह खत्री, सहप्रशिक्षक नहेन्द्र निरौला, व्यवस्थापक भगवती भट्टराई बराल, सहव्यवस्थापक भावना के. सी. र टोली नेता पवन घिमिरे रहेका छन् । 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।