यूएई । नेपाली मासिक पत्रिका ‘विश्व सन्देश’ यूएईमा औपचारिक विमोचन भएको छ । अमेरिकाबाट सुरु भएको पत्रिका विमोचनसँगै अब यूएईबाट पनि मासिक रूपमा प्रकाशित हुनेछ ।
नेपाल पत्रकार महासंघ, यूएईका अध्यक्ष मेघराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपालका आवासीय राजदूत तेजबहादुर क्षेत्रीले पत्रिका विमोचन गरेका हुन् ।
सो अवसरमा राजदूत क्षेत्रीले पत्रिकाले सकारात्मक समाचार र जिम्मेवार सामग्री प्रकाशनमा केन्द्रित हुनुपर्ने बताए । उनले यसलाई निरन्तरता दिन यूएईस्थित नेपाली दूतावासले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमका अध्यक्ष सापकोटाले पत्रिकाले यूएईमा कार्यरत नेपाली श्रमिक, व्यवसायी र समुदायका गतिविधि, जीवनकथा र सफलताको कथाहरू समेट्ने उद्देश्य राखेको जानकारी दिए ।
‘विश्व सन्देश’ ग्लोबल टिममा अध्यक्ष विजय राम पौडेल, प्रधान सम्पादक रोशन पुरी, प्रमुख कार्यकारी अधिकृत योगेश अधिकारी, सल्लाहकार केदार तिमिल्सिना छन् । यूएई टिममा सम्पादक निमेश गिरी र स्तम्भकार निशचल दाहाल रहेका छन् । पत्रिका मासिक रूपमा युएईबाट प्रकाशित हुने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology