काठमाडौं । पुस २१ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २२ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले इजरायलसँग श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
त्यस्तै बैठकले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने, जेनजी शहिद परिवारको लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी शहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने लगायतका निर्णय गरेको छ ।


Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology