Logo

२०८३, आश्विन १०गते


images
images

टी–२० विश्वकप

रोहित पौडेलको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टिम घोषणा

रोहित पौडेलको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टिम घोषणा

images
  • रोहित पौडेलको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टिम घोषणा
    images
    images

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष टी-२० विश्वकप २०२६ खेल्ने नेपाली टिमको घोषणा गरेको छ ।

    images
    images
    images

    क्यानले मंगलबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । नेपाली टिममा हालै सम्पन्न एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल र वसिर अहमदले स्थान बनाएका छन् ।

    images
    images
    images

    विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् ।

    images
    images
    images

    आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।