बुटवल । २७औं जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले देशैभरी कार्यक्रम गरेको छ । सोही क्रममा माओवादी केन्द्र रुपन्देहीले पनि जिल्लाका विभिन्नस्थानमा दिप प्रज्वलन, शुभकामना आदानप्रदान लगायतका कार्यक्रम गरि जनयुद्ध दिवस मनाएको छ ।
सो क्रममा सिद्धार्थ नगरपालिकाको भैरहवामा अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको छ । बुटवलस्थित पार्टी कार्यालयमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको र १६ वटै स्थानीय तहका मुख्य बजार क्षेत्र र चोकहरूमा दिप प्रज्ज्वल गरिएको रुपन्देही पार्टी संयोजक नारायण जीसी 'निर्मल' ले बताए । 
जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले सार्वजनिक विदा दिएको थियो भने लुम्बिनी प्रदेश सरकारले प्राविधिक रुपमा सार्वजनिक विदा नदिईएपनि उत्सवकै रुपमा जनयुद्ध दिवस मनाउनुपर्ने बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology