Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

अभियन्ता सुमन सायमी नेकपामा प्रवेश गर्दै

अभियन्ता सुमन सायमी नेकपामा प्रवेश गर्दै

images
  • अभियन्ता सुमन सायमी नेकपामा प्रवेश गर्दै
    images

    काठमाडौं । अभियन्ता सुमन सायमी नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्ने भएका छन् ।

    images
    images
    images

    आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुन लागेका हुन् ।

    images
    images
    images

    उनी हाल राष्ट्रिय मुक्ति पार्टीका वरिष्ठ केन्द्रीय उपाध्यक्ष रहेका छन् । नेकपाले उनलाई पोलिटब्युरो सदस्य बनाउने भएको छ । 

    images
    images

    नेकपाले सायमीलाई भित्र्याउने कार्यक्रम बुधबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभामा गर्ने भएको छ ।

    २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले  १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए । विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुमन सायमी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।