Logo

२०८३, कार्तिक २९गते


images
images

राजनीति

सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश : प्रचण्डले गरे स्वागत

सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश : प्रचण्डले गरे स्वागत

images
  • सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश : प्रचण्डले गरे स्वागत
    images

    काठमाडौं । अभियन्ता सुमन सायमी नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

    images
    images
    images

    बुधबार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सायमीलाई पार्टीमा स्वागत गरेका हुन् । सायमी चर्चित गुठी आन्दोलनसहित काठमाडौंमा विभिन्न खालका सामाजिक जागरण अभियानको नेतृत्व गर्दै आएका छन् ।  राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर) सँग भ्रष्टाचार नियन्त्रण, गुठी आन्दोलन, सहकारी आन्दोलनको मर्मअनुसार अघि बढने संकल्पसहितको समझदारी गरिएको नेपाली कम्युनिष्ट पार्टीले जनाएको छ ।

    images
    images
    images

    आगामी निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट चुनाव लड्ने तयारीमा रहेका सायमी चुनावअघि नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका हुन् । 

    images
    images

    २०७९ को स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेका सायमीले  १३ हजार ७७० जना मत प्राप्त गरेका थिए । त्यस्तै पछिल्लो प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौँ-८ बाट उम्मेदवार बनेर रास्वपाका विराज भक्त श्रेष्ठसँग पराजित भएका थिए । विराजले १० हजार ११२ मत प्राप्त गरेर विजयी भएका थिए भने सायमीले ६ हजार १७९ मत प्राप्त गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुमन सायमी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।