Logo

२०८३, श्रावण ३०गते


images
images

स्थानीय तह निर्वाचन : बहालवाला जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने

स्थानीय तह निर्वाचन : बहालवाला जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने

images
  • स्थानीय तह निर्वाचन : बहालवाला जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
    images
    images

    काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिले पदमा बहाल रहेको अवस्थामा उम्मेदवार दिन नपाउने भएका छन् । उनीहरूले पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवार हुन पाउने हुन्  ।

    images
    images
    images


    स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई निर्वाचन आयोगले निर्वाचन आचार संहितामा पनि समावेश गरेको हो । आचारसंहिताको मस्यौदामा बहालवाला जनप्रतिनिधिहरू स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन नपाउने व्यवस्था छ ।

    images
    images
    images


    ‘अहिलेका जनप्रतिनिधि पदमा बहाल भएको अवस्थामा मतदातालाई प्रभावित पार्न योजना र बजेटमा चलखेल गर्ने र अनि स्थानीय तहको शक्ति र पहुँचको पनि दुरुपयोग गर्ने जोखिम देखियो’ निर्वाचन आयोग उच्च स्रोतका अनुसार, ‘स्थानीय तह निर्वाचन ऐनमा भएको व्यवस्थालाई आचारसंहितामा समावेश गर्न खोजिएको हो ।’ आयोगले आन्तरिक रुपमा निर्माण गरिसकेको मस्यौद केही दिनमा प्रमाणिकरण गर्ने तयारी छ ।

    images
    images
    images

    स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ मा तीनवटै तहमध्ये कुनैको स्वामित्व, नियन्त्रण वा अनुदान पाउने गरी पदमा बहाल रहेको वा संस्थाबाट पारिश्रमिक लिने व्यक्ति उम्मेदवार हुन नपाउने व्यवस्था छ । त्यही व्यवस्था अनुसार आचारसंहितामा राजीनामाको व्यवस्था गरिएको हो ।


    आयोगका अनुसार, जनप्रतिनिधिले उम्मेदवार दर्ताका क्रममा राजीनामा पत्र दर्ता गरेको निस्सासमेत प्रमाणको रुपमा पेस गर्नुपर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।