कृष्ण अन्जान, रुरु । रुरुक्षेत्र गाउँपालिका वडा न ३ माझगाउँका दिलबहादुर क्षेत्रिकाे दिनचर्या ताउलामा गुँड घाेट्नै मै बित्छ ।
याे क्षेत्रमै गुँड उत्पादनमा अग्रणि किसान दिलबहादुर केही वर्ष देखि व्यवसायीक गुँड उत्पादनमा कृयाशिल मात्र हुनुहुन्न वहाँले पारेकाे गुँड बुटवल नारायण गढ देखि काठमाडौं सम्म पुग्छ ।
महिनाकाे पन्द्र देखि बीस क्विन्टल गुँड उत्पादन गरेकाे बताउने दिल बहादुर लाई यतिबेला गुँड उत्पादनमा यति रस बसेकाे छ कि याे नै वहाँकाे व्यवसाय हाे ।
जति पारेपनि पुर्याउनै सकिदैन , दिनैपिच्छे थाेर्गेली गुँडकाे माग बढिरहेको छ दिल बहादुरले भन्नु भयाे ।
थाेर्गा उखु खुदाे र गुँडकाे उत्पादनका लागि यतिबेला प्रसिद्ध भएकाे छ ।मुख्य रुपले यहिक्षेत्रकाे खुदाे बाट उत्पादन हुने गुँड अर्गानिक छ ।
मैले उत्पादन गरेकाे गुँड काठमाडौकाे बजारमा जान्छ , यहाँबाट उत्पादन गरेर पठाउछु सजिलै उचित मुल्यमा बिक्छ दिल बहादुरले भन्नु भयाे ।
बिहानै देखि गुँड घाेट्न व्यस्त दिल बहादुरले दिनमा करिब एक क्विन्टल गुँड उत्पादन गर्नु हुन्छ ।
किलाेकाे बजार मूल्य एक सत्तरी हाेलसेलमा जाने गुँड काठमाडौकाे बजारमा पुग्दा तीन सय रुपैयाँ किलाेमा बिक्री हुने गरेकाे छ ।
दिलबहादुर ले बर्षभरिमा तिसलाख भन्दा बढिकाे गुँडकाे काराेबार गर्नु हुन्छ जुन ग्रामीण क्षेत्रमा ठुलै व्यवसाय हाे ।
वहाँले उत्पादन गर्ने गुँडमा मसालेदार , फसफसे , हाडे र चाम्रे हाे र यी चारै प्रकारका गुँडकाे स्वाद स्वादिष्ट मात्र हाेईन स्वस्थ बर्धक छन ।
थाेर्गाबाट अाफन्त कहाँ पाहुर लैजान किलाेका किलाे गुँड बिक्छ उत्ति अर्डर अाउँछ पुर्याउनै गाह्राे मात्र छैन गुँड पार्न भ्याई नभ्याई छ ।
दिलबहादुरले वर्ष भरिनै गुँड पार्नुहुन्छ र जहिले पनि वहाँकाे घरमा गुँड उपलब्ध छ ।
लामाे समय बैदेशिक राेजगारी बाट फर्केपछि दिलबहादुर लाई अाफ्नै गाउँमा फर्केर व्यवसाय गर्ने रहर जाग्याे र करिब पाँच वर्ष देखि यहि पेशालाई अाफ्नाे व्यवसाय बनाउनु भयाे ।
शुरुशुरुमा याे पेशाले जीवन धान्न सकिन्छ कि सकिन्न भन्ने पिरलाेमा रहेका दिल बहादुर लाई गुँड पार्ने व्यवसायमा यसरी टक बस्याेकि यहि पेशाले जीवन धान्न परिवारकाे लालन पालन गर्ने एउटा बलियाे अाधार बनेकाे दिल बहादुर क्षत्रिकाे भनाई छ ।ज
यतिबेला दिल बहादुरका पौरखी हातहरु गुँडका ताउलामा नाचिरहेका मात्र छैनन समृद्धि तर्फ पनि उन्मुख रहेकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology