Logo

२०८३, आश्विन ९गते


images
images

प्रयोग गरिएका मास्क जथाभावी विसर्जन : प्रदुषण बढ्यो, जोखिममा बालबालिका

प्रयोग गरिएका मास्क जथाभावी विसर्जन : प्रदुषण बढ्यो, जोखिममा बालबालिका

images
  • सेतोमसी सहकर्मी
  • प्रयोग गरिएका मास्क जथाभावी विसर्जन : प्रदुषण बढ्यो,  जोखिममा बालबालिका
    images
    images

    कृष्ण अन्जान, रुरु । काेभिड सँक्रमणसँगै गाउँघर हाेस या शहर मास्क प्रयाेग गर्नेकाे सँख्या करिब ९० प्रतिशत पुगेकाे छ तर प्रयाेग गरिसकेको मास्कको विसर्जनमा भने समस्या देखिएकाे छ ।
       
       
    आजभोलि सडक दायाँबायाँ मात्र हाेईन बिच सडकमै पनि प्रयाेग गरिएका मास्क जताततै भेटिन्छन । ।आफुले प्रयाेग गरेकाे मास्ककाे व्यवस्थापन गर्नु सबैकाे दायित्व हाे तर याे दायित्व बाट मान्छेहरु टाढा देखिन्छन् ।
       
        
    काेभिड सँक्रमणबाट बच्न मास्ककाे प्रयोग अनिवार्य त छ तर प्रयाेग गरिएका मास्ककाे व्यवस्थापन झन आवस्यक छ ।
       
       
    जथाभावी मास्क फाल्दा बाताबरण अत्यधिक प्रदुषण भएकाे र यसले झनै ठुलाे अवस्था निम्त्याउन सक्ने रुरु प्राथमिक स्वास्थ केन्द्रका ईन्चार्ज समेत रहनु भएका डाक्टर विकास पन्थीले बताए ।

    images
    images
    images


    तानसेन रिडी तम्घास माेटर बाटाे हाेस या बसपार्क क्षेत्र या ग्रामीण सडकका छेउछाउ यतिबेला हजारौं मास्कहरु फालिएकाे भेटिन्छन । जान्नेले त बुझ्लान तर नजान्ने गाउँघरका बालबालिकाहरुले यसरी फालिएका मास्कहरु खेलाउने र प्रयाेग समेत गरेकाे पाईएकाे छ जुन जनस्वास्थ्यकाे दृष्टिकोणले  जाेखिम छ ।
      
        
    काेभिड पछि अरबौँकाे सँख्यामा मास्क उत्पादन र बितरण भएका छन । सँक्रमणकाे डरले नागरिक हरुले एउटैले दुईवटा मास्क लगाउने र दिनमा एक दुईपटक फेर्ने गरेका छन । सामाजिक उत्तरदायित्व बाेध हुनेहरुले त अाफुले प्रयाेग गरेका मास्ककाे व्यवस्थापन गरेका छन तर सामाजिक उत्तरदायित्व बाेध नहुनेले प्रयाेग गरेका मास्क जथाभावी फालेकाे देखिन्छ ।
     
        
    प्रयाेग गरेकाे मास्क फेरि धाेएर पुनरप्रयाेग गर्न पनि सकिन्छ भने अाफुले प्रयाेग गरेका मास्कहरु अाफैले डिस्पोज गर्नु पर्छ जस्काे कारणले बाताबरण प्रदुषण नबढ्ने र जथाभावी फाल्दा हुने सँक्रमण कम हुने भएकाले अाफुले प्रयाेग गरेका मास्क अाफै व्यवस्थापन गर्नुपर्ने सल्लाह डाक्टर विकास पन्थीकाे छ ।
       
        
    मास्ककाे प्रयाेग र व्यवस्थापन अत्यन्तै सानाे विषय हुन सक्छ तर यति सानाे कुरामा पनि सचेत नहुनु ठुलाे विषय हाे त्यसैले अाफुले प्रयाेग गरेकाे मास्क अाफैले व्यवस्थापन गर्ने बानी बसाल्दा सचेत नागरिक  भईने र बाताबरण सन्तुनल सँगै सँक्रमण न्युनिकरणमा सहयाेग हुने छ ।

    images
    images
    images



    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।