Logo

२०८३, आश्विन ११गते


images
images

टी-२० विश्वकप

टी-२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

टी-२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

images
  • टी-२० विश्वकप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई
    images
    images

    काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ खेल्ने नेपाली क्रिकेट टिमको बिदाई गरिएको छ । शनिबार विशेष कार्यक्रम आयोजना गरेर क्यानले विश्वकप खेल्ने टिमको बिदाई गरेको हो ।

    images
    images
    images

    नेपाली टिमले विश्वकप अघि श्रीलंका र भारतमा अभ्यास खेलहरु खेल्ने तालिका छ । जस अनुसार श्रीलंका ए र कोल्ट्ससँग श्रीलंकामा जनवरी २०, जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने छ ।  त्यस्तै नेपाली टिमले भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

    images
    images
    images

    क्यानले विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमदलाई छनौट गरेको छ ।

    images
    images
    images

    आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह बंगलादेश, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा बंगलादेशसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # टी-२० विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।