Logo

२०८३, श्रावण ३०गते


images
images

नेकपाको तर्फबाट वकिल मुसलमानद्वारा उम्मेदवारी दर्ता, जनताको साथ लिएर अघि बढ्ने प्रतिबद्धता

नेकपाको तर्फबाट वकिल मुसलमानद्वारा उम्मेदवारी दर्ता, जनताको साथ लिएर अघि बढ्ने प्रतिबद्धता

images
  • नेकपाको तर्फबाट वकिल मुसलमानद्वारा उम्मेदवारी दर्ता, जनताको साथ लिएर अघि बढ्ने प्रतिबद्धता
    images
    images

    लुम्बिनी । रूपन्देही निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट पूर्व मन्त्री वकिल मुसलमानले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि उनले जनताको विश्वास र समर्थनका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images
    images

    उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै मुसलमानले आफू निर्वाचित भए शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए । “म भाषणभन्दा काममा विश्वास गर्ने व्यक्ति हुँ,” उनले भने, “जनताले अवसर दिनुभयो भने शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्दै रोजगारी सिर्जनाका लागि प्रभावकारी पहल गर्नेछु ।”

    images
    images
    images

    उनले विकास निर्माणका कार्यमा सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा स्थानीय समुदायको सहकार्य आवश्यक हुने उल्लेख गर्दै समावेशी र सहभागितामूलक विकासको अवधारणालाई अघि बढाउने प्रतिबद्धता जनाए । “विकास सबैको साझा प्रयासबाट मात्र सम्भव हुन्छ,” उनले स्पष्ट पारे ।

    images
    images
    images

    आफूले चुनावका बेला व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न नसके जनताले प्रत्यक्ष रूपमा प्रश्न गर्न सक्ने उल्लेख गर्दै उनले भने, “मैले गरेका प्रतिबद्धता पूरा नगरे घरमै आएर प्रश्न गर्नुस् ।”

    वकिल मुसलमान यस क्षेत्रका परिचित राजनीतिक व्यक्तित्व हुन् । यसअघि उनले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा वन तथा भू–संरक्षण मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । मन्त्रीका रूपमा रहँदा उनले प्राकृतिक स्रोत संरक्षण, वातावरणीय सन्तुलन र सामुदायिक सहभागितामा आधारित कार्यक्रमहरू अघि बढाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वकिल मुसलमान
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।