लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट रुपन्देही क्षेत्र नं. ५ का उम्मेदवार वकिल मुसलमानले पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र स्थानीय रोजगारी सिर्जनालाई मुख्य चुनावी मुद्दा बनाउँदै मतदाता भेटघाटलाई तीव्रता दिएका छन् ।
उनले लुम्बिनी विश्वभर भगवान बुद्धको जन्मस्थलका रूपमा परिचित भए पनि सो क्षेत्रको समग्र विकास अपेक्षाअनुसार हुन नसकेको उल्लेख गरे । पर्यटनको अपार सम्भावना हुँदाहुँदै सडक, खानेपानी, आधुनिक शिक्षण संस्था, अस्पताल र युवाका लागि रोजगारीको अवसर अभाव रहेको भन्दै उनले स्पष्ट विकास मार्गचित्रसहित आफू चुनावी मैदानमा उत्रिएको बताए ।
चुनावी अभियानका क्रममा गाउँ-टोल र बस्तीहरूमा पुगेका मुसलमानले स्थानीय जनताको समस्या प्रत्यक्ष रूपमा सुन्दै समाधानको प्रतिबद्धता जनाइरहेका छन् । उनले जनताबाट अपार माया, साथ र हौसला प्राप्त भइरहेको बताउँदै यसपटक मतदाताले आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे ।
“जनताको समर्थनले हामी जितको निकै नजिक पुगेका छौं, अब विकासको युग सुरु हुन्छ,” उनले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology