Logo

२०८३, श्रावण ३०गते


images
images

निर्वाचन तयारी

नेकपा गैडहवा र कञ्चन गाउँ कमिटीद्वारा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

नेकपा गैडहवा र कञ्चन गाउँ कमिटीद्वारा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन

images
  • नेकपा गैडहवा र कञ्चन गाउँ कमिटीद्वारा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन
    images
    images

    लुम्बिनी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वकिल मुसलमानलाई विजयी गराउने उद्देश्यले गैडहवा र कञ्चन गाउँ कमिटीले निर्वाचन परिचालन समिति गठन गरेका छन् ।

    images
    images
    images

    सोमबार बसेको दुवै गाउँ कमिटीको विस्तारित बैठकले एक पालिकामा ५०१  जना सदस्य रहने गरी छुट्टा छुट्टै निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको हो । बैठकबाट कञ्चन गाउँ कमिटीको संयोजकमा विनोद कुमार पुन र सह–संयोजकमा रामबहादुर बिक चयन भएका छन् भने गैडहवा गाउँ कमिटीको संयोजकमा दानबहादुर घर्ती, सह–संयोजकमा कल्लु प्रसाद थारु र पुष्परतन पाण्डे चयन भएको निर्वाचन परिचालन समितिका क्षेत्रीय संयोजक हिराबहादुर रोकाले जानकारी दिए ।

    images
    images
    images

    विस्तारित बैठकलाई सम्बोधन गर्दै नेकपा रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार वकिल मुसलमानले जनताको साथ र सहभागितामा क्षेत्रको समग्र विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । आफू यस क्षेत्रको अवस्था र आवश्यकताबारे राम्रोसँग जानकार रहेको उल्लेख गर्दै उनले सिँचाइ परियोजना विस्तार, बाटोघाटो निर्माण, लालपुर्जा वितरणलगायतका विकासका कामहरू जनतालाई साथमा लिएर अघि बढाइने बताए ।

    images
    images
    images

    बैठकमा नेकपा लुम्बिनी प्रदेश सदस्य बराराम बस्याल, हस्तबहादुर सावर तथा पार्टी नेताहरू मौसमी थापा, रोमनाथ न्यौपाने र सागर पुनले निर्वाचनमा पार्टीका सबै तहका नेता–कार्यकर्ता एकताबद्ध भएर लाग्न आग्रह गरे । उनीहरूले संगठनलाई अझ सुदृढ बनाउँदै घर-घरमा पुगेर पार्टीको नीति र कार्यक्रम जनतासमक्ष पुर्‍याउनुपर्नेमा जोड दिएका थिए ।

    बैठकले आगामी निर्वाचनमा नेकपाको पक्षमा जनसमर्थन सुदृढ बनाउने र उम्मेदवार वकिल मुसलमानको जित सुनिश्चित गर्न एकताबद्ध भएर लाग्ने निर्णय गरेको छ ।

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।