Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधी सभा निर्वाचन

फागुन २१ मा हुने निर्वाचनको महत्त्वपूर्ण कोशेढुंगा पार गर्यौं : प्रधानमन्त्री कार्की

फागुन २१ मा हुने निर्वाचनको महत्त्वपूर्ण कोशेढुंगा पार गर्यौं : प्रधानमन्त्री कार्की

images
  • फागुन २१ मा हुने निर्वाचनको महत्त्वपूर्ण कोशेढुंगा पार गर्यौं : प्रधानमन्त्री कार्की
    images
    images

    काठमाडौँ । प्रधानमन्त्री सुशिला कार्कीले फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि महत्त्वपूर्ण कोशेढुंगा पार गर्न सफल भएको बताएकी छन् ।

    images
    images
    images

    मंगलबार शान्तिपूर्ण रुपमा देशभर उम्मेदवारको मनोनयन दर्ता सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले निर्धारित समयतालिकाभित्र उत्साहजनक रुपमा मनोनयन दाखिला गराउने सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आभार व्यक्त गरेकी छन् ।

    images
    images
    images

    उनले भनेकी छन्- 'निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न नेपाल सरकार पूर्ण इमान र सामर्थ्यका साथ लागिपरेको यहाँहरुलाई पुनः स्मरण गराउँछु। सुरक्षा व्यवस्थामा कत्ति पनि सम्झौता गरिने छैन। हाम्रा सबै सुरक्षा संयन्त्रहरु उच्च सतर्कता र व्यावसायिक मनोबलका साथ परिचालित छन् ।'

    images
    images
    images

    उनले १६५ पदका लागि ३४ सयभन्दा बढी उम्मेदवारहरूले मनोनयन दर्ता हुनु लोकतान्त्रिक विश्वासप्रति प्रगाढ विश्वासको प्रमाण भएको बताउदै नेपाली जनता लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउन सचेत र सक्षम छन् भन्ने आजको राष्ट्रिय उत्साहले पुनः पुष्टि गरेको उल्लेख गरेकी छन् ।

    प्रधानमन्त्री कार्कीले निर्वाचन प्रक्रियामा देखिएको यस उत्साह र प्रतिबद्धताले राजनीतिक वृत्तमा मात्र नभई निजी क्षेत्र र समग्र अर्थतन्त्रमा समेत सकारात्मक ऊर्जा सञ्चार गरेको बताउदै अब मुलुकबाट अन्योल र अनिश्चितताको अवस्था पूर्णतः अन्त्य भएको र सिंगो राष्ट्र निर्वाचनको महाकुम्भमा होमिएको बताएकी छन् ।

    उनले निर्वाचन कार्यतालिकाबमोजिम अहोरात्र खटिएर आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिई यो लोकतान्त्रिक अभ्यासलाई सफल पार्न राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमको रचनात्मक भूमिकाको अपेक्षा गरेको बताएकी छन् ।

    प्रधानमन्त्री कार्कीले दिगो लोकतान्त्रिक स्थायित्वका लागि सबै यस निर्वाचनमा सक्रिय र संयमसाथ सहभागी हुन अपिल गरेकी छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।