Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधी सभा निर्वाचन

एमाले कमजोर पार्ने र विकास रोक्ने गतिविधि भए : उम्मेदवार न्यौपाने

एमाले कमजोर पार्ने र विकास रोक्ने गतिविधि भए : उम्मेदवार न्यौपाने

images
  • एमाले कमजोर पार्ने र विकास रोक्ने गतिविधि भए : उम्मेदवार न्यौपाने
    images
    images

    देवदह । नेकपा एमालेबाट रुपन्देही क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दधिराम न्यौपानेले एमाले विकासको पर्याय बनेको बताएका छन । निर्वाचन कार्यक्रम अन्तर्गत आयोजित भेटघाट कार्यक्रममा बोल्दै उनले एमाले कमजोर पार्ने र विकास रोक्ने उद्देश्यले गतिविधि भइरहेको आरोप लगाए ।

    images
    images
    images

    विकासका काममा एमालेको योगदान उल्लेखनीय रहेको जिकिर गर्दै उनले बाटोघाटो, पुल, अस्पताल तथा स्वास्थ्य संस्था निर्माण एमाले नेतृत्वकै पहलमा भएको आमनागरिकले पहिल्यै चिनिसकेको बताए । यस आधारमै आगामी निर्वाचनमा एमालेको जित सुनिश्चित हुने उनको दाबी छ ।

    images
    images
    images

    त्यसैगरी लिम्पियाधुरा, लिपुलेक र कालापानीजस्ता भू–भाग नेपालको भएको एमालेको स्पष्ट अडानकै कारण विरोधी शक्तिहरू असन्तुष्ट बनेको उनले बताए । न्यौपानेले राष्ट्र र राष्ट्रियताको मुद्दामा एमाले पछि नहट्ने जिकिर गरे ।

    images
    images
    images

    पछिल्लो समय देखिएको ‘जेन–जी आन्दोलन’ दु:खद भएको बताउँदै उनले त्यसलाई उक्साउनेहरू मुख्य दोषी रहेको टिप्पणी गरे । एमालेले सबैलाई सम्मान गर्ने नीति लिएको उल्लेख गर्दै उनले गालीगलौज र कटाक्षबाट समस्या समाधान नहुनेमा जोड दिए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।