Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

अन्तिम समयमा चितवन-३ बाट किन पछि हटे विक्रम पाण्डे ?

अन्तिम समयमा चितवन-३ बाट किन पछि हटे विक्रम पाण्डे ?

images
  • अन्तिम समयमा चितवन-३ बाट किन पछि हटे विक्रम पाण्डे ?
    images
    images

    चितवन । राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे चितवन- ३ मा चुनावी मैदानबाट पछि हटेका छन् ।

    images
    images
    images

    अघिल्लो निर्वाचनमा अत्यधिक मत ल्याएर विजयी पाण्डे यस पटक अन्तिम समयमा पछि हटेका हुन् । मंगलबार बिहान मनोनयन दर्ता गर्न जाने अघि पाण्डेपछि हटेपछि राप्रपाले भरतपुर महानगरका समितिका अध्यक्ष दीपक थापा मगरलाई चितवन-३ बाट उम्मेदबार बनाएको छ ।

    images
    images
    images

    पाण्डे निकट नेताहरुले यस क्षेत्रमा नेकपाबाट रेणु दाहाल र रास्वपाबाट सोबिता गौतम चुनावी मैदानमा आएपछि पछि हटेको आकलन गरेका छन् । गत निर्वाचनमा नेपाली काँग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गरेकाले आफ्नो उम्मेदवार थिएन । त्यस्तै एमालेको पनि आफ्नो उम्मेदवार नहुदा त्यसको फाइदा पाण्डेलाई भएको थियो । उनले ३५ हजार ६० मत प्राप्त गरेर विजयी भएका थिए । तर यस पटक अवस्था फेरिएको छ ।

    images
    images
    images

    यस पटक भरतपुर महानगरमा राम्रो कम गरेर रेणु दाहाल संसदीय चुनावमा उत्रिएकी छन् । त्यस्तै रास्वपाबाट सोबिता गौतम उम्मेदवार बनेकी छन् भने काँग्रेसले टेकबहादुर गुरुङलाई टिकट दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विक्रम पाण्डे
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।